शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक २०, २०८३
A1 Beakery Add A1 Beakery Add

अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन् । तर उनले ममताले आत्महत्या गरेको र आफूले डर तथा आत्तिएका कारण शव लुकाएको दाबी गरेका छन् ।

आफ्नै पत्नीको हत्या अभियोगमा अदालतमा दोस्रो दिन बयान दिने क्रममा भट्टले ममताको शव व्यवस्थापन गर्न खोजेको, शरीरका विभिन्न भाग काटेको र शवका अवशेष फोहोरमा फालेको घटनाबारे खुलासा गरेका हुन् ।

सन् २०२४ को गर्मीयाममा ममता बेपत्ता भएकी थिइन् । उनको शव अहिलेसम्म फेला परेको छैन । नरेशमाथि हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।

बिहीबार अदालतमा बयान दिने क्रममा भट्टले आफूले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरे। ममताका परिवारका सदस्य र साथीहरूले भने उनीमाथि घरेलु हिंसा हुने गरेको बताउँदै आएका छन् । भट्टले ती आरोप अस्वीकार गर्दै आफू वैवाहिक सम्बन्धबाट खुसी नरहेको र सम्बन्धविच्छेद गर्न चाहेको बताएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनका अनुसार सम्बन्धविच्छेदको कुरा गर्दा ममता आत्तिने र तनावमा पर्ने गर्थिन् । ममता सामाजिक सञ्जालका लागि टिकटक भिडियो बनाउँदा मात्रै खुसी देखिने गरेको पनि उनले अदालतमा बताए ।

अचेत अवस्थामा पत्नीलाई भेटेको भट्टको बयान

भट्टका अनुसार जुलाई २९, २०२४ को राति करिब ८ बजे उनी सुत्न गएका थिए। त्यसबेला ममता भान्सामा काम गर्दै फोनमा कुरा गरिरहेकी थिइन् ।

भोलिपल्ट बिहान करिब ४ बजे छोरीको हेरचाह गर्न उठेका उनले पछि मास्टर बाथरुम जाने क्रममा असामान्य गन्ध महसुस गरे। त्यसपछि पत्नीलाई खोज्दा बेडरुमको खाट नजिकै भुइँमा अचेत अवस्थामा भेटेको उनले बताए ।

ममताको घाँटी र भुइँमा बान्ता देखिएको तथा त्यसमा चक्की, रगत, क्याप्सुल र खानाका कण रहेको भट्टको भनाइ थियो । उनले घटनास्थलमा ‘सेल्फोस’ नामक कृषि विषादीसमेत देखेको दाबी गरे ।

ममतालाई अचेत अवस्थामा भेटेपछि आफूले सीपीआर दिने प्रयास गरेको तर तत्काल प्रहरी वा आपत्कालीन सेवामा खबर नगरेको उनले स्वीकार गरे । पत्नीको मृत्युमा आफूलाई दोषी ठहर गरिने डरले आफू आत्तिएको उनको दाबी थियो ।

शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार

भट्टले ममताको शव घरको फोहोर राख्ने डस्टबिनमा अटाउने प्रयास गरेको र त्यसका लागि शरीरका विभिन्न भाग काटेर सानो बनाउने कोसिस गरेको स्वीकार गरेका छन् ।

उनले शवका खुट्टा शरीरबाट अलग गर्ने प्रयास गरेको तर मानसिक र शारीरिक रूपमा कमजोर महसुस भएपछि काम पूरा गर्न नसकेको बताए । अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेको ‘रायोबी’ ब्रान्डको विद्युतीय आरासमेत आफूले प्रयोग गरेको उनले स्वीकार गरे ।

उनका अनुसार उनले घरको डस्टबिनबाट पुरानो फोहोर निकालेर आफ्नो गाडीमा राखेका थिए र पछि फल्स चर्चमा फालेका थिए । त्यसपछि ममताको शव भान्सामा प्रयोग हुने फोहोरका झोलामा राखेको उनले बताए। शवका अवशेष राख्न तीनवटा झोला प्रयोग गरेको हुन सक्ने उनको अनुमान थियो ।

शवका टुक्रा घरको ग्यारेजमा रहेको फोहोरमै फालेको पनि उनले बताएका छन् । शव टुक्राटुक्रा पारेर फेला नपरोस् भन्ने उद्देश्यले फोहोरमा राखेको हो भन्ने अभियोजन पक्षका वकिलको प्रश्नमा भट्टले ‘हो’ भन्दै स्वीकार गरेका थिए ।

शव व्यवस्थापनका लागि होम डिपो र वालमार्ट पुगेको बयान

भट्टले शव व्यवस्थापनका लागि आवश्यक सामग्री खोज्दै होम डिपो र वालमार्ट गएको पनि अदालतमा बताए । होम डिपोबाट पञ्जा किनेको स्वीकार गर्दै उनले पोटोम्याक नदीसम्म शव लैजान मिल्ने सामग्री खोजिरहेको बताएका थिए ।

ममताको शव काट्न प्रयोग गरिएको चक्कु र अन्य सामग्रीबारे अभियोजन पक्षले प्रश्न गर्दा उनले केही चक्कु प्रयोग गरेको स्वीकार गरे । ममताको मोबाइल फोन पछि नालीमा फालेको पनि उनले अदालतमा बताएका थिए ।

गुगल सर्च हिस्ट्री र घरेलु हिंसाबारे प्रश्न

अदालतमा भट्टको गुगल सर्च हिस्ट्रीबारे पनि प्रश्न उठाइएको थियो। उनले अगस्ट ५ मा भर्जिनियामा बेपत्ता व्यक्तिहरू फेला पर्ने सम्भावनाबारे खोजी गरेको हुन सक्ने स्वीकार गरे।

त्यस्तै, अगस्ट १७ मा ‘के म आफ्नो बच्चा साथीलाई दिन सक्छु ?’ भन्ने विषयमा खोजी गरेकोबारे उनले छोरीको अस्थायी हेरचाहका लागि विश्वासिलो व्यक्ति खोजिरहेको जवाफ दिए ।

अभियोजन पक्षले ‘मिट कटर’ र ‘नाइफ सर्पनर’ जस्ता सामग्रीबारे गरिएको खोजीका विषयमा पनि प्रश्न गरेको थियो। भट्टले केही कुरा खोजेको सम्झना भए पनि सबै खोजीको कारण याद नभएको बताए। अनुसन्धान अवधिमा आफूले कम्तीमा १४ हजार पटक गुगल सर्च गरेको हुन सक्ने उनको अनुमान थियो ।

अभियोजन पक्षले सन् २०२३ डिसेम्बर ११ को एउटा तस्बिरसमेत अदालतमा प्रस्तुत गरेको थियो । उक्त तस्बिरमा ममताको दाहिने आँखामुनि नीलडाम तथा हात र नाकमा रगत देखिएको थियो । उनले नरेशलाई पठाएको सन्देशमा ‘यो दोस्रो पटक हो’ लेखेकी थिइन् । त्यसको जवाफमा नरेशले सम्बन्धविच्छेदका कागजातमा हस्ताक्षर गर्ने बताएका थिए ।

तर भट्टले उक्त घटनामा आफू जिम्मेवार नभएको र ममतामाथि कहिल्यै हात नउठाएको दाबी दोहोर्‍याए ।

अभियोजन पक्षको कडा जिरह

बिहीबार दिउँसो प्रतिरक्षा पक्षको प्रश्नोत्तर सकिएपछि अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले भट्टमाथि कडा जिरह गरेका थिए ।

‘तपाईं झुटो बोल्ने व्यक्ति हुनुहुन्छ,’ स्वीटले भनेपछि अदालतमा केहीबेर ताली बजेको थियो । त्यसपछि न्यायाधीश किम्बर्ली इर्भिङले अदालतमा शान्ति कायम गर्न निर्देशन दिएकी थिइन् ।

स्वीटले भट्टले प्रहरीलाई ममता कहाँ छिन् भन्ने थाहा नभएको बताउँदै लामो समयसम्म झुटो बोलेको आरोप लगाए ।

ममताप्रतिको प्रेमबारे प्रश्न गर्दै स्वीटले भने, ‘तपाईंले पत्नी र आफ्नी छोरीकी आमालाई देखाएको प्रेम भनेको उनको शरीर टुक्राटुक्रा पार्नु र फोहोरको डस्टबिनमा हाल्नु हो ?’

जवाफमा भट्टले आफूले गरेका काम स्वीकार गरेको बताए ।

अभियोजन पक्षले नगदमा सामान खरिद गरेको, मोबाइल फोन बन्द गरेको र घटनासँग सम्बन्धित प्रमाण हटाएको विषयमा पनि प्रश्न उठाएको थियो ।

नागरिकता आवेदनमा जन्मस्थानबारे विवाद

अदालतमा भट्टको अमेरिकी नागरिकता आवेदनमा उल्लेख गरिएको जन्मस्थानबारे पनि प्रश्न उठेको थियो । उनले नागरिकता आवेदनमा आफ्नो जन्मस्थान नेपाल उल्लेख गरेको तर अदालतमा बयान दिने क्रममा भारतको नयाँदिल्लीमा जन्मिएको बताएका थिए ।

यस विषयमा अभियोजन पक्षका वकिल स्वीटले उनको भनाइलाई झुटो भएको टिप्पणी गरेका थिए । जवाफमा भट्टले ‘यो झुट होइन, संस्कृति हो’ भनेका थिए। उनको जवाफपछि अदालतमा उपस्थित व्यक्तिहरूबीच आश्चर्य र हाँसोको प्रतिक्रिया देखिएको थियो ।

बिहीबार साँझ करिब ५ बजे अभियोजन पक्षको जिरह सकिएको थियो। त्यसपछि न्यायाधीशले जुरी सदस्यहरूलाई बिदा गरेकी थिइन् ।

प्रतिरक्षा पक्षले सोमबार पुनः केही प्रश्न गर्ने र त्यसपछि आफ्नो पक्षको बहस तथा प्रमाण प्रस्तुत गर्ने काम पूरा गर्ने जनाएको छ । ममताको शव अहिलेसम्म फेला नपरेको अवस्थामा अदालतमा भट्टले दिएको बयान मुद्दाको सुनुवाइमा महत्वपूर्ण बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १२:३६
#घरेलु हिंसा #नेपाली समाचार #अदालत सुनुवाइ #ममता काफ्ले भट्ट #नरेश भट्ट #अमेरिका हत्या प्रकरण #नेपाली मूलकी महिला #ममता हत्या मुद्दा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार शुक्रबार, कात्तिक २०, २०८३
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा बुधबार, कात्तिक १८, २०८३
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही मंगलबार, कात्तिक १७, २०८३
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद सोमबार, कात्तिक १६, २०८३
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार सोमबार, कात्तिक १६, २०८३
बर्दियामा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ
बर्दियामा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ सोमबार, कात्तिक १६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन संजय यादव
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा वीरगंज सिटी
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP