वीरगंजस्थित यात्राडेलीका पत्रकार माथि दुर्व्यवहार भएको छ ।
वीरगंज भन्सार क्षेत्रमा समाचार संकलन गरिरहेका यात्राडेली का पत्रकार आशु सराफमाथि सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हाे । भन्सार क्षेत्रमा घुस लिँदै गरेका सशस्त्र प्रहरीको भिडियो खिच्ने क्रममा सराफलाई प्रहरीले “चरेश तस्कर” भन्दै दुर्व्यवहार गरेको भिडियाेमा देखिन्छ।
घटना अनुसार पत्रकार सराफ वीरगंज भन्सार क्षेत्रमा घुस लिने कार्यबारे रिपोर्टिङ गरिरहेका थिए । उनले केही सशस्त्र प्रहरीले घुस लिँदै गरेको भिडियो खिच्ने प्रयास गर्दा एक सशस्त्र प्रहरीले उनीमाथि दुर्व्यवहार गर्दै चरेस तस्करकाे आरोप लगाएका थिए ।
पत्रकार सराफ र प्रहरीबीचको संवादमा प्रहरीको गैरव्यवसायिक व्यवहार स्पष्ट देखिन्छ ।
प्रहरीहरूले उनलाई 'महिनावारी लिन आएका छौ' यहाँ चल्दैन् भन्ने आरोप लगाउँदै भाग्ने प्रयास गरेकाे भिडियाेमा देखिन्छ ।
थप भिडियोमा...