वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसले तीनवटा प्रशासनिक शाखामा नयाँ प्रमुख नियुक्त गरेको छ ।
क्याम्पसले २०८३ मंसिर ७ गतेदेखि लागू हुने गरी सामान्य प्रशासन, आर्थिक प्रशासन र परीक्षा शाखामा नयाँ प्रमुख नियुक्त गरेको हो ।
नियुक्तिअनुसार सामान्य प्रशासन शाखा प्रमुखमा रोजिना खत्री, आर्थिक प्रशासन शाखा प्रमुखमा कृष्णप्रसाद मिश्र र परीक्षा शाखा प्रमुखमा चन्देशप्रसाद पटेल रहेका छन् ।
नवनियुक्त तीनै जना शाखा प्रमुखलाई क्याम्पस परिवारले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
नयाँ नेतृत्वसँगै क्याम्पसका प्रशासनिक तथा व्यवस्थापकीय काम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।