शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • बालविवाह अन्त्य गर्न सामाजिक सोच र व्यवहार परिवर्तन आवश्यक
बालविवाह अन्त्य गर्न सामाजिक सोच र व्यवहार परिवर्तन आवश्यक
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, मंसिर ७, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपालमा बालविवाहको दर घट्दै गए पनि यो समस्या अझै गम्भीर सामाजिक चुनौतीका रूपमा कायम रहेको छ । बालविवाहले बालिका तथा किशोरीको शिक्षा, स्वास्थ्य, सुरक्षा, आत्मनिर्णय र भविष्यमा प्रत्यक्ष असर पारिरहेको भन्दै यसको अन्त्यका लागि कानुनी कार्यान्वयनसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालय र युनिसेफले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण (२०२४–२५) अनुसार २० देखि २४ वर्ष उमेर समूहका २८ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै भएको छ। पुरुषमा यस्तो अनुपात ७.७ प्रतिशत रहेको छ । त्यस्तै, पाँच प्रतिशत महिलाको विवाह १५ वर्ष नपुग्दै भएको तथ्यांकले देखाएको छ ।

प्रदेशगत रूपमा मधेश प्रदेशमा बालविवाहको दर सबैभन्दा उच्च रहेको छ। शिक्षाको स्तर र आर्थिक अवस्थाले पनि बालविवाहमा प्रभाव पारेको सर्वेक्षणले देखाएको छ । उच्च शिक्षा हासिल गरेका महिलामध्ये करिब ६ प्रतिशतको बालविवाह भएको देखिँदा आधारभूत शिक्षा हासिल गरेका महिलामा यो अनुपात ४७ प्रतिशत र औपचारिक शिक्षा नलिएका महिलामा ५२ प्रतिशत रहेको छ ।

त्यसैगरी, सबैभन्दा धनी परिवारमा बालविवाहको दर २१ प्रतिशत हुँदा सबैभन्दा गरिब परिवारमा ४२ प्रतिशत रहेको छ । यसले बालविवाह सामाजिक परम्परासँगै शिक्षा, आर्थिक असमानता र लैंगिक विभेदसँग जोडिएको समस्या भएको देखाउँछ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कानुन भए पनि कार्यान्वयन कमजोर

नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ तथा बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय रणनीति, २०७२ ले बालविवाह रोकथाम र बालअधिकार संरक्षणलाई प्राथमिकता दिएका छन् ।

मुलुकी अपराध संहिताको दफा १७३ अनुसार २० वर्ष उमेर पूरा नगरी विवाह गर्न वा गराउन निषेध गरिएको छ । कानुनविपरीत विवाह गरे वा गराएमा त्यस्तो विवाह स्वतः बदर हुने र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

तर, कानुनी व्यवस्था हुँदाहुँदै पनि बालविवाह रोकथामका लागि आवश्यक संयन्त्र प्रभावकारी हुन सकेका छैनन् । विवाहको तयारीमा रहेका परिवारको पहिचान, विद्यालय छाडेका किशोरीको अवस्था अनुगमन, उमेरसम्बन्धी कागजातको प्रमाणीकरण र बालविवाहको सूचना प्राप्त भएपछि तत्काल हस्तक्षेप गर्ने प्रणाली कमजोर देखिएको छ ।

त्यस्तै, बालविवाह रोकिएपछि प्रभावित बालिकाको शिक्षा निरन्तरता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श तथा कानुनी सहायता सुनिश्चित गर्न पनि आवश्यक रहेको छ।

सामाजिक सोच परिवर्तनमा जोड

बालविवाहको प्रमुख कारण सामाजिक मान्यता, लैंगिक विभेद र असमान शक्ति सम्बन्ध रहेको सरोकारवालाहरूको बुझाइ छ । कतिपय परिवारले छोरीको सुरक्षा विवाहबाट सुनिश्चित हुने ठान्ने, आर्थिक बोझ र दाइजोका कारण कम उमेरमै विवाह गरिदिने तथा महिनावारी सुरु भएपछि छोरी विवाहयोग्य हुन्छे भन्ने गलत मान्यता अझै कायम छ ।

यस्ता सोच परिवर्तन नगरी कानुनी व्यवस्थाले मात्र बालविवाह अन्त्य गर्न नसकिने भएकाले परिवार, धार्मिक तथा सामुदायिक अगुवा, शिक्षक, किशोरकिशोरी र स्थानीय नेतृत्वलाई अभियानमा सहभागी गराउनुपर्ने आवश्यकता औँल्याइएको छ।

छोरीको सुरक्षा विवाहमा नभई शिक्षा, आत्मविश्वास, सीप र समान अवसरमा खोज्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। साथै, किशोरीले माध्यमिक तहसम्मको शिक्षा पूरा गर्न सक्ने वातावरण, छात्रवृत्ति, सुरक्षित विद्यालय, यातायात र गुणस्तरीय शिक्षाको व्यवस्था गर्न आवश्यक देखिएको छ ।

बालविवाह रोकथामका लागि स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, न्यायिक समिति, महिला तथा बालबालिका शाखा र बाल संरक्षण संयन्त्रबीच प्रभावकारी समन्वय हुनुपर्ने आवश्यकता पनि औँल्याइएको छ।

सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य

नेपालले दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । तर, उक्त लक्ष्य हासिल गर्न पक्राउ, जरिवाना र एकदिने सचेतना अभियान मात्र पर्याप्त नहुने देखिएको छ ।

बालविवाहको जोखिममा रहेका किशोरीको पहिचान, माध्यमिक शिक्षा पूरा गर्नेको संख्या, समयमै रोकिएका बालविवाह, प्रभावित बालबालिकाले पाएको संरक्षण तथा स्थानीय सरकारले गरेको लगानीका आधारमा प्रगति मूल्यांकन गर्नुपर्ने आवश्यकता छ ।

यसका साथै किशोरकिशोरीलाई सचेतना कार्यक्रममा सहभागी गराइने समूहका रूपमा मात्र नभई समस्या पहिचान र समाधान निर्माणका सक्रिय साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।

बालविवाह अन्त्य गर्नु भनेको विवाहको उमेर कानुनमा तोक्नु मात्र नभई बालिका तथा किशोरीले आफ्नो भविष्यबारे आफैँ निर्णय गर्न पाउने अधिकार सुनिश्चित गर्नु पनि हो । कानुनको प्रभावकारी कार्यान्वयन र सामाजिक सोचमा परिवर्तन गर्न सके मात्रै सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने नेपालको लक्ष्य हासिल गर्न सकिने देखिन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १७:५७
#मधेश प्रदेश #महिला सशक्तीकरण #सामाजिक रूपान्तरण #बालअधिकार #लैंगिक समानता #युनिसेफ #बालविवाह #किशोरी शिक्षा #दिगो विकास लक्ष्य #बालविवाह अन्त्य #नेपाल बहुसूचक सर्वेक्षण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सब–इन्जिनियरविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सब–इन्जिनियरविरुद्ध मुद्दा मंगलबार, मंसिर ८, २०८३
मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउण्ड हवाई फायर
मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउण्ड हवाई फायर मंगलबार, मंसिर ८, २०८३
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु सोमबार, मंसिर ७, २०८३
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य शनिबार, मंसिर ५, २०८३
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ शुक्रबार, मंसिर ४, २०८३
दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद
दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद शुक्रबार, मंसिर ४, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सब–इन्जिनियरविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सब–इन्जिनियरविरुद्ध मुद्दा वीरगंज सिटी
मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउण्ड हवाई फायर
मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउण्ड हवाई फायर वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा वीरगंज सिटी
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित)
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
बहुदरमाईको प्रसिद्ध पाँचदिने मेला सुरु, नगर प्रमुख तेलीद्वारा उद्घाटन  (तस्बिर सहित)
बहुदरमाईको प्रसिद्ध पाँचदिने मेला सुरु, नगर प्रमुख तेलीद्वारा उद्घाटन (तस्बिर सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP