शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, मंसिर ७, २०८३
A1 Beakery Add A1 Beakery Add

१४ जनाको ज्यान जाने गरी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक विद्युतीय सवारी (ईभी) दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनले चालकको अत्यधिक कार्यअवधि, अपर्याप्त आराम र क्षमताभन्दा झन्डै दोब्बर यात्रु बोक्नुलाई दुर्घटनाका प्रमुख कारणका रूपमा औँल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएको हो ।

समितिका अनुसार दुर्घटनाअघि चालकले करिब ४८ घण्टा ४५ मिनेटको अवधिमा ३३ घण्टा ४५ मिनेट सवारी चलाएका थिए। यस अवधिमा उनले जम्मा १५ घण्टा मात्र विश्राम पाएका थिए ।

प्रतिवेदनअनुसार चालक कात्तिक २४ गते बिहान ५ बजे काठमाडौँबाट मलंगवाका लागि प्रस्थान गरेका थिए । सोही दिन राति फर्किएर २५ गते बिहान २ बजे काठमाडौँ आइपुगेका उनी साढे पाँच घण्टापछि बिहान ७ः३० बजे पुनः मलंगवा गएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यस दिन साँझ फर्किएका चालक २६ गते बिहान १ बजे काठमाडौँ पुगेका थिए। त्यसको एक घण्टा मात्र आराम गरेर बिहान २ बजे २० जना यात्रु लिएर पुनः मलंगवातर्फ प्रस्थान गरेका थिए । सोही क्रममा बिहान करिब ५ः४५ बजे भीमफेदीमा दुर्घटना भएको थियो ।

लगातारको अनिद्रा र थकानका कारण चालकको निर्णय क्षमता तथा एकाग्रतामा कमी आएको हुन सक्ने समितिको निष्कर्ष छ ।

क्षमताभन्दा झन्डै दोब्बर यात्रु

दुर्घटनाग्रस्त मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय सवारीको ब्लुबुकमा ११ जना यात्रु बोक्ने क्षमता उल्लेख थियो । तर दुर्घटनाका बेला चालकसहित २० जना सवार रहेको पुष्टि भएको छ। तीमध्ये सात जना बालबालिका थिए ।

समितिले क्षमताभन्दा बढी यात्रु बोक्नु पनि दुर्घटनाको जोखिम बढाउने महत्त्वपूर्ण कारण भएको औँल्याएको छ ।

सडक सुरक्षा संरचनाको अभाव

स्थलगत निरीक्षणका क्रममा दुर्घटनास्थलमा सडक ६ मिटर कालोपत्रे र १० मिटरभन्दा बढी सोल्जरसहित फराकिलो रहेको पाइएको थियो । प्रत्यक्षदर्शीका अनुसार विपरीत दिशाबाट कुनै सवारीसाधन नआएको र सडक फराकिलो हुँदाहुँदै पनि गाडी घुम्तीको दिशामा नमोडिई सिधै जङ्गलतर्फ खसेको थियो ।

दुर्घटनाका बेला यात्रुहरू निदाइरहेको र गाडी भिरबाट खसेपछि मात्र घटनाबारे थाहा पाएको घाइतेहरूले बताएका छन् ।

सवारीसाधन सडकबाट करिब ५०० देखि ७०० मिटर तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएकाले यान्त्रिक खराबी नै दुर्घटनाको कारण हो भन्ने निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले उक्त सडकखण्डमा पर्याप्त सुरक्षा बार (क्र्यास बेरियर), चेतावनी सङ्केत, सडक बत्ती र रिफ्लेक्टरको अभाव रहेको औँल्याएको छ । सुरुमा कुलेखानी जलविद्युत् आयोजनाका सामग्री ढुवानीका लागि निर्माण गरिएको सडक अहिले उच्च सवारी चापसहित सार्वजनिक यातायातका रूपमा प्रयोग भइरहेको छ ।

ईभी चालकलाई पर्याप्त तालिम नभएको निष्कर्ष

प्रतिवेदनले विद्युतीय सवारी चलाउने चालकलाई यसको प्राविधिक क्षमता, ब्रेकिङ प्रणाली र ब्याट्री व्यवस्थापनबारे पर्याप्त तालिम नदिइएको विषय पनि उठाएको छ ।

त्यस्तै, सवारीसाधनमा रहेका सूचना तथा चेतावनीहरू अङ्ग्रेजी भाषामा मात्र हुँदा चालकलाई बुझ्न कठिनाइ हुने गरेको समितिको भनाइ छ।

सरकारलाई विभिन्न सुझाव

समितिले दुर्घटनाबाट प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि तीनै तहका सरकारको समन्वयमा विशेष प्याकेज उपलब्ध गराउन सिफारिस गरेको छ ।

एकै परिवारका एकभन्दा बढी सदस्य गुमाएका तथा जीविकोपार्जनको आधार गुमाएका परिवारलाई आर्थिक सहायता, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । साथै, बीमा रकम तथा कानुनी क्षतिपूर्ति प्रक्रिया सरल र छिटो बनाउन सुझाव दिइएको छ ।

लामो दूरीका सवारी चालकको कार्यअवधि, अनिवार्य विश्राम र वैकल्पिक चालकको व्यवस्थासम्बन्धी स्पष्ट कानुनी मापदण्ड बनाउनुपर्ने समितिको सुझाव छ ।

विद्यमान टाइम कार्ड प्रणाली प्रभावकारी नभएको भन्दै जीपीएस ट्र्याकिङ, गति निगरानी, चालकको थकान पहिचान गर्ने प्रणाली तथा डिजिटल टाइम कार्ड लागू गर्न पनि सिफारिस गरिएको छ ।

त्यस्तै, भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डका जोखिमयुक्त स्थानमा बलियो क्र्यास बेरियर, सडक बत्ती, रिफ्लेक्टर तथा गति सीमा निर्धारण गर्नुपर्ने समितिले जनाएको छ।

पहाडी तथा जोखिमयुक्त सडकमा सञ्चालन हुने सार्वजनिक विद्युतीय सवारीका लागि प्राविधिक क्षमता, भारवहन र ब्याट्री सुरक्षासम्बन्धी छुट्टै मापदण्ड बनाउनुपर्ने तथा चालकलाई अनिवार्य प्रयोगात्मक तालिम दिनुपर्ने सुझाव पनि दिइएको छ । सवारीसाधनका सूचना तथा चेतावनी नेपाली भाषामा समेत उपलब्ध गराउन समितिले जोड दिएको छ ।

गत कात्तिक २६ गते बिहान भएको उक्त दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका एकै गाउँ तथा परिवारका १३ जना यात्रु र कविलासी नगरपालिका–८ का चालक रविशंकर कुमार मण्डल गरी १४ जनाको मृत्यु भएको थियो। दुर्घटनामा अन्य ६ जना घाइते भएका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १६:३९
#सवारी दुर्घटना #सर्लाही #मकवानपुर #सडक सुरक्षा #छानबिन प्रतिवेदन #यातायात व्यवस्था #विद्युतीय सवारी #ओभरलोडिङ #ईभी दुर्घटना #भीमफेदी दुर्घटना #१४ जनाको मृत्यु #चालकको अनिद्रा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य शनिबार, मंसिर ५, २०८३
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ शुक्रबार, मंसिर ४, २०८३
दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद
दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद शुक्रबार, मंसिर ४, २०८३
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते बिहीबार, मंसिर ३, २०८३
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ बुधबार, मंसिर २, २०८३
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ बुधबार, मंसिर २, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु वीरगंज सिटी
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
छपकैयाका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा सहयोग
छपकैयाका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा सहयोग वीरगंज सिटी
११ वर्षदेखि अलपत्र वीरगंज–२३ को सिर्सिया खोलाकाे पुल निर्माणले लियो गति, एक वर्षभित्र सम्पन्न गर्ने सडक डिभिजनको लक्ष्य (भिडियो रिपोर्ट सहित)
११ वर्षदेखि अलपत्र वीरगंज–२३ को सिर्सिया खोलाकाे पुल निर्माणले लियो गति, एक वर्षभित्र सम्पन्न गर्ने सडक डिभिजनको लक्ष्य (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
पर्सा निकुञ्जमा वन्यजन्तुलाई पानीको संकट, कृत्रिम पोखरी निर्माण
पर्सा निकुञ्जमा वन्यजन्तुलाई पानीको संकट, कृत्रिम पोखरी निर्माण वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP