काठमाडौँ । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसअघि सरकारले छठ पर्वको पहिलो दिन कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा घोषणा गरिसकेको थियो । उदाउँदो सूर्यलाई अर्घ्य दिने दिनसमेत सार्वजनिक बिदा दिइएको हो ।
गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनाअनुसार छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेको छ ।
सोही परम्परालाई ध्यानमा राख्दै सरकारले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
यस निर्णयसँगै छठ पर्वका अवसरमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
