नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । मंगलबार सम्पन्न रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रनमात्र बनाउन सक्यो ।
विराटनगरको जितमा आन्द्रे रसेल नायक बने । ब्याटिङतर्फ अर्धशतक प्रहार गरेका रसेलले बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले अन्तिम बलमा विकेट लिँदै विराटनगरलाई रोमाञ्चक जित दिलाए ।
जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । विशाल सुस्लिङले ४३ तथा जिमी निशमले २७ रनको योगदान दिए ।
बलिङतर्फ रसेलले चार विकेट लिँदा एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट लिए ।
यस जितसँगै विराटनगरले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।