जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजेदेखि बस्ने गरी आह्वान गरिएको छ ।
मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को शुक्रबार बसेको बैठकले प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिअनुसार २०८३ कात्तिक २८ गते शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।
प्रदेशसभा अधिवेशन आह्वानसम्बन्धी जानकारी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।