सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब १ बजेतिर सामान्य विवादका क्रममा अन्दाजी ४२ वर्षीय मनोज कार्कीले आफ्नै श्रीमती ४० वर्षीया सानुकुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरो प्रहार गरेका थिए। लोहोरो प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको हो ।
घटनाबारे राति १ बजेर १५ मिनेटमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई नियन्त्रणमा लिएको छ ।