कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको छ । बुधबार बिहान उज्यालो हुनुअघि केन्द्रभित्र प्रवेश गरेको एक व्यक्तिले कम्प्युटर चोरी गरी फरार भएको हो ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत चोरीको घटनाबारे जानकारी दिँदै सीसीटीभी फुटेजसमेत सार्वजनिक गरेका छन् ।
उनका अनुसार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएका थिए । चोरीको उक्त घटना केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ ।
मन्त्री पुनले चोरीमा संलग्न व्यक्तिको गतिविधि देखिने भिडियोसमेत सार्वजनिक गरेका छन् । घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको उनले बताएका छन् ।
घटनाबारे थप विवरण तथा चोरीमा संलग्न व्यक्तिको पहिचान खुल्न बाँकी छ ।