पर्साको वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ३१ वर्षीय रामलाल गोले रहेका छन् । उनलाई बुधबार दिउँसो १ ग्राम ६१ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी इनर्वासमेतबाट खटिएको प्रहरी टोलीले रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गोलेमाथि थप अनुसन्धान भइरहेको छ ।