मकवानपुरको चुरियामाई र रातमाटेको बीचमा पर्ने जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रारम्भिक जानकारीअनुसार वीरगगंजबाट नारायणगढतर्फ जाँदै गरेको ईभी गाडी र स्कुटर आपसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनापछि घटनास्थलमा थप विवरण संकलन भइरहेको छ । मृतकको पहिचान, दुर्घटनाको कारण तथा घटनामा संलग्न सवारीसाधनबारे विस्तृत विवरण आउन बाँकी छ ।
घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी रहेको छ ।