सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् ।
अभद्र व्यवहार मुद्दामा बिहीबार पक्राउ परेका अर्नमा गाउँपालिका–५ का असलम मन्सुरी सोही दिन राति प्रहरी हिरासतबाट भागेका हुन् ।
प्रहरीका अनुसार मन्सुरीको खोजी तीव्र पारिएको छ। इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुका अनुसार फरार थुनुवाको खोजी गर्न विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ ।
‘हामी लगातार खोजी गरिरहेका छौँ,’ डीएसपी बाखुले भने, ‘जसरी भए पनि उनलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।’
प्रहरी हिरासतबाट थुनुवा फरार भएपछि सुरक्षामा कमजोरी देखिएको भन्दै यसबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।