स्ववियु निर्वाचनको मौन अवधिमा नेपाली कङ्ग्रेसले ठाकुरराम बहुमुखी क्याम्पस र वीरगंज नर्सिङ क्याम्पसको निर्वाचनलाई लक्षित गरी पत्रकार सम्मेलनको आयोजना गर्न लागेको छ ।
नेपाली कांग्रेस पार्टी कार्यालय रमगढवामा भोलि (सोमबार) बिहान ८ः३० बजे निर्वाचनका विषयमा पत्रकार राखिएको प्रेस युनियनले जनाएको छ । यो कदम निर्वाचन आचारसंहिताको खुल्लम खुल्ला उल्लङ्घन भएको भन्दै विभिन्न पक्षले विरोध जनाएका छन् ।
अनेरास्ववियुले पत्रकार सम्मेलन गर्न लाग्नु निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गरेको छ । मौन अवधिमा कुनै पनि प्रचार प्रसार, सभा वा सङ्केत गर्न नपाइने निर्वाचन नियमावलीमा स्पष्ट व्यवस्था भए पनि यत्रो ठूला राजनीतिक दलले नियम तोड्नु काङ्ग्रेसको अदूरदर्शितालाइ देखाउँछ । काङ्ग्रेसले आफ्ना उम्मेदवारहरूको पक्षमा प्रभाव पार्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गर्न लागेकाले निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाई छ ।
यस विषयमा निर्वाचन आयोग, क्याम्पस प्रशासन र सम्बन्धित निकायहरूले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएका छैनन् ।
तर, स्ववियु निर्वाचनलाई निष्पक्ष, मर्यादित र स्वच्छ बनाउनका लागि मौन अवधि पालना गर्नुपर्ने अगुवा विद्यार्थी नेताहरू बताउँछन् ।