नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार १० ग्राम सुनको मूल्य २ लाख ६ हजार ९६० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार बुधबार १० ग्राम चाँदीको मूल्य २ हजार ६०६ रुपैयाँ निर्धारण गरिएको छ ।
सुनचाँदी दुवैको मूल्य घटेपछि नेपाली बजारमा कारोबारका लागि नयाँ मूल्यसूची लागू भएको छ ।