भरतपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द देखिएपछि कार्यालय प्रमुख कुटिएका छन् ।
मंगलबार बिहान ३५-४० जनाको समूह कार्यालयमा प्रवेश गरी वितरण केन्द्र प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गर्नुका साथै कम्प्युटर र टेबललगायतका सामग्री तोडफोड गरेका छन् ।
सोमबार एक घण्टा डिस्प्ले बोर्डमा आपत्तिजनक शब्द देखिएपछि युवा संघ र अनेरास्ववियूको टोली ध्यानाकर्षण पत्र बुझाउन कार्यालय पुगेको थियो ।
प्राधिकरणले घटनाको निन्दा गर्दै दोषीमाथि साइबर अपराध ऐन र प्रचलित कानुनअनुसार कडा कारबाहीको माग गरेको छ ।
कार्यालयले तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन र सुरक्षा व्यवस्था मजबुत बनाउन आग्रह गरेका छन् ।