बारा प्रहरीले विशेष सूचनाका आधारमा १ सय ५० किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका – २२ चक्री टोल बस्ने ४२ वर्षीय बुद्ध घलान, सोही पालिकाको वडा नम्बर ८ का ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय वीरबहादुर डम्वा, र मकवानपुरको हेटौडा उपमहानगरपालिका – १५ रातोमाटीका २७ वर्षीय सोमलाल पाख्रीन रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साको टोलीसँग संयुक्त रूपमा अपरेशन चलाउँदै उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार जितपुरसिमरा उपमहानगरपालिका – ४ औराहास्थित दुधौरा खोलामा टाउकोमा बोकेर रतनपुरबाट बकुलियातर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरी सहायक निरीक्षक प्रदीपप्रसाद पाण्डेको नेतृत्वमा खटिएको टोलीले गाँजा जस्तो देखिने पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको ६ बोरा गाँजाको तौल अन्दाजी १५० किलो बरामद गरेकाे हाे ।
पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिमरामा ल्याइएको र थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले जानकारी दिएका छन् ।
छोराको हत्यामा अभियुक्त पक्राउ नगरेको भन्दै जनकपुर–भिट्ठामोड सडकखण्डमा विरोध प्रदर्शन
जग्गा विवाद बाबुको पक्राउ पुर्जि, प्रहरीकाे डर त्रासले SEE दिदैँ आएकी किशाेरीले गरीन यस्ताे
भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि तर लक्ष्य अपुरै, तस्करी नियन्त्रण गर्न चुनौति
नाम चलेकै होटलमा किरा परेको दाल र बासी खाना मुख्यमन्त्री एक्सनमा
मधेश प्रदेश र स्थानीय तहबीचको लफडा – मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउन अनुमति दिने
मधेशमा एसईई : परीक्षा निरीक्षक सहित दुई जना पक्राउ, चारजना जनालाई कार्वाही, ४ सय २४ वटा मोबाईल जफत
एसईई परीक्षार्थीले कुन प्रश्न कसरी लेख्ने ? विद्यार्थीलाई सफल बनाउन यसरी गरौँ
एसईई परीक्षा निष्पक्ष गर्न नमानेपछि प्रदेश सरकारले गर्यो बहिस्कार, कुनै प्रकृयामा भाग नलिने अडान !