पर्साको बहुदरमाई नगरपालिका-६, भौराटारबाट ठूलो परिमाणमा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ३३ वर्षीय अमेरिका प्रसाद साह गोढलाई गाँजा र अफिमसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार साहको घर खानतलासी गर्दा एक तल्ले पक्की घरको दक्षिणतर्फको कोठामा सुनियोजित तरिकाले लुकाइ राखिएको लागुऔषध फेला पारेको जनाएको छ ।
प्रहरीले १३ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ र स्टिलको दुई कचौरामा प्लास्टिकले छोपेर राखिएको अफिम जस्तो देखिने कालो र खैरो रंगको ७१.८ ग्राम लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेका साहलाई लागुऔषध सम्बन्धी कसूरमा म्याद थप गरी जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।
प्रहरीले लागुऔषध तस्करीमा संलग्न अन्य व्यक्ति तथा समूहमाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
छोराको हत्यामा अभियुक्त पक्राउ नगरेको भन्दै जनकपुर–भिट्ठामोड सडकखण्डमा विरोध प्रदर्शन
जग्गा विवाद बाबुको पक्राउ पुर्जि, प्रहरीकाे डर त्रासले SEE दिदैँ आएकी किशाेरीले गरीन यस्ताे
भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि तर लक्ष्य अपुरै, तस्करी नियन्त्रण गर्न चुनौति
नाम चलेकै होटलमा किरा परेको दाल र बासी खाना मुख्यमन्त्री एक्सनमा
मधेश प्रदेश र स्थानीय तहबीचको लफडा – मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउन अनुमति दिने
मधेशमा एसईई : परीक्षा निरीक्षक सहित दुई जना पक्राउ, चारजना जनालाई कार्वाही, ४ सय २४ वटा मोबाईल जफत
एसईई परीक्षार्थीले कुन प्रश्न कसरी लेख्ने ? विद्यार्थीलाई सफल बनाउन यसरी गरौँ
एसईई परीक्षा निष्पक्ष गर्न नमानेपछि प्रदेश सरकारले गर्यो बहिस्कार, कुनै प्रकृयामा भाग नलिने अडान !