काठमाडौँ । राष्ट्रिय सभामा सत्तापक्षका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुप लागेर बस्न चेतावनी दिएका छन् । उनले भने, “जनताको सेवा गर्न चाहनुहुन्छ भने आफ्नो सम्पत्ति जनतालाई सुम्पन पनि आउनुस् ।”
काठमाडौंमा बिहीबार आयोजित 'संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै सिटौलाले व्यवस्थाविरोधी गतिविधिमा नलाग्न पूर्वराजालाई सचेत गराएका छन् । सिटौलाले भने, “व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्नमा तिम्रो भलाइ छ, जनताको माया छ भने आफ्नो सम्पत्ति जनतालाई दिनुहोस्, आँट छ भने राजनीति गर्नुहोस्।” उनले पूर्वराजालाई चेतावनी दिँदै थप भने, “राजनीतिमा स्वागत छ, तर चुनाव लड्नुपर्छ ।”
सिटौलाले पूर्वराजालाई चुनौती दिँदै भने, “यदि उद्योगी र व्यापारी हुनुहुन्छ भने तपाईंको सम्पत्ति राष्ट्रियकरण गर्न आऊ ।” उनले नेपालमा राजतन्त्र समाप्त भइसकेको भन्दै, अब त्यसको स्थानमा लोकतन्त्र र जनताको शासनको आवश्यकता भएको स्पष्ट पारे ।
सिटौलाले युवाहरुलाई वर्तमान व्यवस्थामा सुधार ल्याउन र समाज निर्माणमा सक्रिय हुने आह्वान पनि गरे ।