नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वीरगञ्ज महानगर कमिटीको नेतृत्व चयनका लागि मंगलबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा सुन्दर नवराज शर्मा निर्वाचित भएका छन् ।
उनले प्रतिस्पर्धी उम्मेदवार सुन्दर राउत कुर्मीलाई ५५ मतले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् । निर्वाचनमा अध्यक्ष पदका लागि भएको मतदानमा शर्माले १५१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कुर्मीले ९६ मत मात्र पाए। यसरी समूहगत प्रतिस्पर्धामा शर्मा पक्षको पकड बलियो देखिएको छ ।
अन्य विजयी पदाधिकारीहरू
- उपाध्यक्ष: रामकिशोर सिंह (पराग) १४० मत ल्याउँदै निर्वाचित भए । उनका प्रतिस्पर्धी जसे आलम अन्सारीले १०१ मत पाए ।
- सचिव: लियाकत अली १४६ मतसहित विजयी भए भने अनिस अन्सारीले १०९ मत प्राप्त गरे ।
- उपसचिव (खुला): जयनारायण सिंह कुर्मीले १३८ मत ल्याएर विजयी भए, अमोद प्रसाद यादवले १०४ मत प्राप्त गरे ।
- उपसचिव (महिला): विमला श्रीवास्तव १३३ मतसहित निर्वाचित भइन्, प्रतिस्पर्धी अर्चना अधिकारीले १०१ मत पाइन् ।
लेखा समिति तथा अन्य सदस्यहरू
- लेखा समिति अध्यक्ष: अजयकुमार साह
- लेखा समिति सचिव: राघव पटेल साह
- खुला सदस्य: सतेन्द्र कुमार सिंह
- युवा सदस्य: देवकुमार सर्राफ
- महिला सदस्य: सितामैया श्रेष्ठ
निर्वाचन प्रक्रिया
एमाले वीरगञ्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि गत चैत ३० गते उम्मेदवारी दर्ता भएको थियो । तर, विविध कारणले गर्दा निर्धारित मितिमा निर्वाचन सम्पन्न हुन सकेको थिएन । मंगलबार सम्पन्न निर्वाचनमा कूल २५६ मतदाता मध्ये २४८ जनाले मात्र मतदान गरेका थिए ।
निर्वाचनमा अत्यधिक सहभागिताले पार्टीभित्र लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरण प्रस्तुत भएको एमाले पर्साका सचिव महेश दासले बताए ।