काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) सुरु हुने सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्ने भएका छन् ।
धिवेशनको प्रारम्भमै प्रधानमन्त्री ओलीको सम्बोधन कार्यक्रम तय गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
अधिवेशन भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु हुनेछ । यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको छ, जसमा आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिनेछ ।
प्रधानमन्त्रीको सम्बोधनपछि आगामी कार्यसूचीबारे जानकारी गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।