काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको छ ।
समसामयिक राजनीति, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्न दुई शीर्ष नेताबीच बैठक भएको हो ।
छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पनि प्रधानमन्त्रीको सचिवालयबाट बोलाइएको भए पनि उनी उपस्थित भएनन् ।
प्रचण्ड सचिवालयका अनुसार बिहीबारको छलफलका लागि निमन्त्रणा आएको थियो तर प्रचण्ड सहभागी भएनन् । प्रधानमन्त्री र देउवाबीचको छलफल केहीबेर यथावत् रूपमा चलिरहेकाले थप निर्णयको पर्खाइ गरिएको छ ।