ठगी मुद्दामा फरार रहेका एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति वीरगंज महानगरपालिका–१ निवासी जितेन्द्र कुमार कुर्मी (राउत) रहेका छन् । छपकैयाकी इन्दु देवी महिलालाई ठगेको आरोपमा अदालतले २ वर्ष कैद र विगो असुल गर्ने आदेश दिएपनि फरार रहदै अाएका उनलाई प्रहरीले अाज पक्राउ गरेको हाे ।
त्रिजुद्ध रघुवीर प्रसाद महावीर राम मावि (त्रिजुद्ध मावि) को विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका उनी लुकिछिपी पद र पहुँचकाे अधारमा फरार रहदै अाएका थिए ।
जिल्ला अदालत पर्साले कुर्मी विरुद्ध मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ अनुसार दुई वर्ष कैद र ठगीमा संलग्न रहेको रकम असुल गर्नुपर्ने आदेश दिएको थियो । उक्त आदेशअनुसार जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई छपकैया स्थित सिसाेबारीबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत पर्साका अनुसार उनले छपकैयाकी इन्दु देवी महिलालाई ठगेको आरोपमा अदालतले २ वर्ष कैद र विगो असुल गर्ने आदेश दिएको थियो । साेहि अादेश बमोजिम २ वर्ष कैदमा राख्ने र लग्ने सिदा खर्च समेत दाखिला गरिसकेकाेले वादीकाे विगाे असुल उपर गर्न पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किसाेर लम्सालले बताए ।
पर्सा जिल्ला अदालतको आदेश अनुसार उनलाई पक्राउ गरी अदालतमा पेस गरिने छ ।
यस घटनाले वीरगंज महानगरकाे विद्यालय व्यवस्थापन समितिमा संलग्न व्यक्तिहरू समेत आपराधिक क्रियाकलापमा संलग्न भएको देखाउँदै शिक्षण संस्थाहरूमा पारदर्शिता र जवाफदेहिताको आवश्यकता झनै देखिन्छ ।
भिडियाे सामाग्री