सभामुख देवराज घिमिरेले संसदमा देखिएको गतिरोध अन्त्यका लागि सत्ता पक्ष र विपक्षी दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन् भने त्यसपछि एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकहरूसँग पनि अलग-अलग रुपमा छलफल गरेका छन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार संसद् सुचारु गराउनका लागि यी छलफलहरू गरिएका हुन् ।
प्रेस सल्लाहकार अधिकारीले जानकारी दिँदै भने, ‘सभामुखले अहिले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभयो। त्यसपछाडि एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरिरहनु भएको छ ।’
संसद्मा जारी गतिरोधको मूल कारण गृहमन्त्री रवी लामिछानेसँग जोडिएको भिजिट भिसा प्रकरण हो । यस विषयमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने विपक्षी गठबन्धनको अडान कायमै छ ।
सभामुखको पहलले गतिरोध अन्त्य हुने संकेत देखिए पनि अन्तिम सहमति जुट्ने अवस्था अझै अस्पष्ट छ ।