जनकपुरधाम उपमहानगरपालिका–१५ का ६५ वर्षीय वासुदेवप्रसाद साहको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनका ज्वाइँ ५५ वर्षीय बेचन महासेठलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार, पारिवारिक झगडाकै कारण उक्त हत्या भएको जनाइएको छ। गत असार १८ गते महासेठले आफ्नै ससुरा साहको पेटमा चक्कु प्रहार गरी हत्या गरेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले बेचन महासेठलाई जनकनन्दनी गाउँपालिका–५ स्थित खजुरी रेल्वे स्टेशनबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।
घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको स्टिलको चक्कु र अभियुक्तले प्रयोग गरेको मधेस प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो होन्डा स्कुटरसमेत प्रहरीले बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।