मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१, सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् ।
बेपत्ता हुने किशोर बाराको कलैया उपमहानगरपालिका–१ घर भई हाल काठमाडौंको माइतीघर बसोबास गर्ने १८ वर्षीय कर्ण उर्फ प्रणय गुप्ता रहेको प्रहरीले जनाएको छ । उनी सुरेशचन्द्र गुप्ताका छोरा हुन् ।
शनिबार साँझ साथीहरूसँग घुम्न गएका गुप्ता सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । घटनापछि अस्थायी प्रहरी पोष्ट मार्खु, इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट खटिएको टोलीले खोजी कार्य तीव्र बनाएको छ ।
स्थानीयवासी र प्रहरीको समन्वयमा गुप्ताको खोजी भइरहेको भए पनि शनिबार साँझसम्म उनको अवस्थाबारे कुनै पुष्टि हुन सकेको छैन ।
भिडियाे सामाग्री