बाराको कलैया उपमहानगरपालिका–२३ बैराटपुरमा खेतमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ भने एकजना व्यक्ति सामान्य घाइते भएका छन् ।
स्थानीय जगदीश सिंहको खेतमा मोटरबाट पानी पटाउने क्रममा तार सर्ट भई आगलागी भएको हो । आगलागीमा परेर एक थान मिटर, एक थान मोटर, पाईप, मल, काठ तथा लत्ताकपडा जलेर करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आगलागीबाट ६० वर्षीय सिंहको बायाँ हात र खुट्टा जलेको थियो। घाइते सिंहको उपचारपश्चात उनी घर फर्किसकेका छन् ।
आगलागीलाई अस्थायी प्रहरी पोष्ट गंगापुरको टोली, दमकल र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको जनाइएको छ ।