बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित एक घरमा जुवा खेलिरहेका ९ जना व्यक्तिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय सुमन खाती सुनार, वडा नं. २ बस्ने ४० वर्षीय बलराम बिष्वकर्मा, ५६ वर्षीय सुमन कुमार भट्टराई, ४९ वर्षीय अभय कुमार श्रीवास्तव, ४४ वर्षीय केशव सुनुवार, ५२ वर्षीय तहल बहादुर वोराकर्मी, ४५ वर्षीय शिवजी प्रसाद साह, ५१ वर्षीय राजकुमार भट्टराई र ५९ वर्षीय बलराम कुमार क्षेत्री रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सिमराका अनुसार केश्व सुनवारको घरमा जुवा खेलिरहेका बेला उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेहरूबाट नगद १ लाख ५४ हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद जोशीले जानकारी दिए । प्रहरीले घटनास्थलबाट ताससहित नगद रकम बरामद गरेको छ भने पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार लामाे समयदेखि जुवा खेलाउँदै आएको सूचनाको अधारमा छापामारी गरी उनिहरुलाई पक्राउ गरिएको हो ।
सार्वजनिक शान्ति सुरक्षालाई प्रभावित पार्ने क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले यस्ता अपरेसन गरिरहेकाे जनाएकाे छ ।