पर्सा डिभिजन बन कार्यालय अन्तर्गत सबडिभिजन बन कार्यालयबाट खटिएको गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति वीरगञ्ज महानगरपालिका–२९, रत्नपुर निवासी २४ वर्षीय मुस्तक आलम रहेका छन्।
रेञ्जर भूपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले आलमलाई मोटरसाइकलमा चौंपेटा काठ बोकेर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय पर्साले जानकारी दिएको छ ।
आलमलाई रत्नपुर क्षेत्रबाट काठ लोड गरी ल्याउँदै गर्दा पक्राउ गरिएको बताइएको छ ।
हाल उनलाई डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजनल बन अधिकृत अहमदले जानकारी दिएका छन् ।