वीरगन्जमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का २६ वर्षीय जाहिर अंसारी रहेका छन्। आफ्नै घर अगाडि ई-रिक्सा चार्ज गर्दै गर्दा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थाका अंसारीलाई उपचारका लागि तत्काल वीरगन्जस्थित तराई अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।