जनकपुरधाम | यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ६९ लाख ४३ हजार ९८० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका अनुसार चालक अनुमति पत्र (लाइसेन्स) वितरण, नवीकरण तथा जरिवाना, नयाँ सवारीसाधन दर्ता, सवारीसाधन नवीकरण, रुट परमिट, नामसारी र पटकेलगायत शीर्षकबाट यो राजस्व सङ्कलन भएको हो ।
कार्यालय प्रमुख धनञ्जयकुमार सिंहका अनुसार विद्युत् अभावको समस्या समाधानका लागि कार्यालयमा सोलार जडान गरिएको छ, जसका कारण सेवाप्रवाहमा उल्लेखनीय सुधार आएको छ ।
गत आवमा सरकारी, सार्वजनिक, भाडाका साथै निजीतर्फका ठूला, मझौला तथा साना गरी कुल ८ हजार ५७ सवारीसाधनको दर्ता, नवीकरण तथा नामसारी गरिएको जनाइएको छ ।