काठमाडौँ । मन्त्रीसँग घुस डील गर्न विचौलीया बनेकी नागरिक उन्मुक्ति पार्टी(नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले जिम्मेवारीबाट अलग भएको बताएकी छिन् ।
पूर्व भूमीसुधार, सहकारी तथा गरिबि निवारणमन्त्री समेत रहेकी श्रेष्ठले पोखराको लिच्चीबारीको जग्गा हत्याउन विचौलीसँग मिलेर तत्कालिन सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्तासँग घुस डील गरेको अडियो सिधाकुराले प्रसारण गरेको थियो ।
सिधाकुरासँग कुरा गर्दै उनले आफूले भेटघाट गरेको तथा कुराकानी भएको हुनसक्ने भन्दै डीलमा सहभागी भएको स्वीकार गरेकी थिइन् । सोही अडियोका कारण मन्त्री गुप्ताले गत साता राजीनामा दिएका थिए भने मंगलबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा बयान तथा भ्वाइस टेष्टका लागि पुगेका थिए ।
गुप्ताको बयान तथा भ्वाईस टेष्टपछि अख्तियारले पूर्वमन्त्री समेत रहेक नाउपा अध्यक्ष श्रेष्ठलाई बयान र भ्वाईस टेष्टका लागि बोलाएको थियो । शुक्रबार श्रेष्ठको अख्तियारले बयान लिएको थियो । रञ्जिताका श्रीमान् तथा नाउपाका संरक्षक रेशम चौधरीले समेत पार्टीलाई जवाफ दिन २४ घण्टे अल्टीमेटम दिएका थिए । साथै नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले पनि अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए । २४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरेर अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् ।
सिधाकुराले घुस डिलमा सहभागी भएको विषयमा प्रश्न गर्दा आफूलाई यस विषयमा मतलबनै नभएको बताउने उनले अख्तियारमा बयान दिएपछि भने स्वास्थ्यको कारण देखाउँदै जिम्मेवारीबाट अलग भएकी छिन् । उनले पोखरा महानगरपालिका ६ कास्कीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।
भिडियाे सामाग्री