बाराबाट ठूलो परिमाणमा अवैध लागूऔषध ट्रामाडोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सिम्रौनगढ नगरपालिका–६ स्थित क्षेत्रबाट प्रहरीले १० हजार ३८० ट्याब्लेट ट्रामाडोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
भारतको पूर्वी चम्पारण, बिहार अन्तर्गत जितना ग्राम पञ्चायत अगर्वा–६ को कोडीगावा टोल बस्ने ५० वर्षीय उपेन्द्र साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले उनलाई बिआर ०५ बीके ७०३५ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका साहले भारततर्फ लागुऔषध लैजाँदै गरेको सूचनाका आधारमा चेकजाँच गर्दा ठूलो मात्रामा ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
भिडियाे सामाग्री