बारा । यातायात व्यवस्था कार्यालय कलैयाले आर्थिक वर्ष २०८१/८२ मा ऐतिहासिक रूपमा ९ करोड ९३ लाख ८४ हजार ४९६ रुपैयाँ राजस्व संकलन गरेको छ । यो संकलन अघिल्लो वर्षको तुलनामा करिब तीन गुणा बढी हो ।
कार्यालयका प्रमुख अविन्दर दासका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा तीन करोड ४७ लाख ४५ हजार ३६ रुपैयाँ राजस्व संकलन भएको थियो । तर, हालै सम्पन्न आर्थिक वर्षमा यो संकलन उल्लेखनीय रूपमा बढेको हो ।
मुख्य राजस्व स्रोतहरू यसप्रकार छन्:
- सवारी साधन कर: ४ करोड ४६ लाख ८१ हजार ५४ रुपैयाँ (अघिल्लो वर्ष: २ करोड १३ लाख ५९ हजार २१३)
- चालक अनुमति पत्र तथा सवारी दर्ता: ४ करोड ८५ लाख १६ हजार ७२६ रुपैयाँ (अघिल्लो वर्ष: १ करोड १८ लाख ९१ हजार १०)
- अन्य प्रशासनिक सेवा शुल्क: ३० हजार रुपैयाँ
- यातायात क्षेत्रबाट: ६० लाख ८९ हजार ८० रुपैयाँ
कार्यालयले सेवा प्रवाह सुधार, द्रुत कार्य सम्पादन, जनचेतनामूलक कार्यक्रम तथा कर तिर्नेलाई सहज सेवा दिने प्रयासहरूका कारण राजस्वमा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।