काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताबद्ध भएको दाबी गरेका छन् ।
सोमबार सम्पन्न स्थायी समिति बैठकपछि बाहिरिँदै उनले पार्टी एकताबद्ध भएको र सबै प्रकारका गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाइएको बताए ।
‘पार्टी एकताबद्ध भएको छ । सबै खाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएको छ । फेरि एकपटक जनतामा जान्छौँ’, प्रचण्डले भने ।
उनले आगामी दिनहरूमा पार्टीले एकता र एकसंगठित भएर राष्ट्रिय राजनीतिक संघर्षमा थप बल पुर्याउने बताए ।