काठमाडौं | जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्य प्रमिलाकुमारी सिंहलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको विधान, नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएको आरोपमा सिंहलाई साधारण सदस्यबाट समेत निष्कासन गरिएको हो ।
पार्टी केन्द्रीय कार्यालय सचिव पेशल ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रमिलाकुमारी सिंहले पार्टीको विधान, नीति तथा सिद्धान्त विपरीत गतिविधि गरेको पाइएकाले उनलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरिएको जानकारी गराइन्छ ।”
सिंह जसपा नेपाल अन्तर्गत समाजवादी महिला संघकी केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा समेत रहेकी थिइन् ।
पार्टीले आन्तरिक अनुशासन कायम गर्न तथा संगठनात्मक संरचना मजबुत बनाउन नेतृत्व तहबाट यस्ता निर्णय लिइएको जनाएको छ ।