काठमाडौँ । उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ । साथै उच्च अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ । सोमबार न्यायाधीशद्वय सुदर्शन देव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको वाणिज्य इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो ।
यस्तै प्रसाईसँगै कारागार चलान भएका अन्य तीन जनालाई पनि उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०÷५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने दण्डपाणि रेग्मीलाई १० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
साथै उच्च अदालत पाटनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्शेर राणालाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
जिल्ला अदालत काठमाडौंले मिश्र र राणालाई ३–३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी पक्षमा उच्च अदालतमा पुनरावेदन गरेकोमा अदालतले आदेश सदर गरिदिएको हो ।