करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा आज बिहान एक किसानको ज्यान गएको छ ।
मृतक ४२ वर्षीय शम्भुकुमार इसर स्थानीय धान खेतमा बोरिङको मोटर चलाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
खेतमा जडान गरिएको विद्युत् मोटरको नाङ्गो तारमा छुँदा करेन्ट लागेको र घटनास्थलमै इसरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मधेशमा खेत सिँचाइका लागि बोरिङ सञ्चालन गर्दा विद्युत् प्रवाहका कारण किसानहरूको ज्यान जाने घटना दोहोरिँदै आएका छन् । विद्युतीय सुरक्षाको बेवास्ता तथा असुरक्षित जडानका कारण यस्तो दुर्घटना भइरहेका छन् ।