पर्सा जिल्ला अदालतले बैंकिङ कसूरमा १० दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तोकेको सुनिल कुमार साहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
देवेन्द्र कुमार कर्णको जाहेरीमा आधारित फैसला कार्यान्वयन टोलीले वीरगंज महानगरपालिका–१६ बस्ने ३४ वर्षीय साहलाई बिहिबार लुकीछिपी बसिरहेको स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सुनिल कुमार साह फरार रहेको अवस्थामा पक्राउ गरेकाे हाे । बैंकिङ कसूर सम्बन्धी मुद्दा नं. ०८०-C१-०९६२, लगत नं. ६३०९ अन्तर्गत जिल्ला अदालतले फैसला सुनाएको थियो ।
सुनिल कुमार साह अम्बे ईन्टरप्राइजेज प्रा.लि. का सञ्चालक हुन् । उनीमाथि तोकिएको सजाय अनुसार १० दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ताेकिएको छ ।
प्रहरीले आगामी अनुसन्धान र आवश्यक कारबाहीका लागि उनलाई नियन्त्रणमा राखेको जनाएको छ ।
भिडियाे सामाग्री