नेपाल महिला संघको ७८औं स्थापना दिवसको अवसरमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं ५ स्थित कृषि तथा पशुपंक्षी भवनमा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पर्सा–४ का क्षेत्रीय सभापति तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव थिए । महिला संघका जिल्ला सभापति किरण शर्मा को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नारायणी अस्पतालका डा. उदय नारायण सिंह, डा. दिलिप चौरसिया र डा. अनु यादवसहितको चिकित्सक टोलीले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
स्वास्थ्य शिविरमा करिब १०० जना स्थानीयवासीहरूले स्वास्थ्य परीक्षण गराएका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो।गाउँपालिका अध्यक्ष यादवले जनताको घरआँगनसम्म स्वास्थ्य सेवा पुर्याउने यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा पनि गाउँपालिकाले यस्ता सामाजिक र स्वास्थ्यमुखी गतिविधिहरूलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।