नेकपा (एमाले) ले वीरगंजसहित पर्सा जिल्लामा डिप बोरिङ जडानमा अनियमितता भइरहेकाे भन्दै त्यसलाई रोक्न माग गरेको छ ।
एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवको नेतृत्वमा एमालेबाट वीरगंज महानगरका विभिन्न वडामा निर्वाचित वडाध्यक्षहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग आइतबार भेट गरी यस्ताे गुनासो राखेका हुन् । टोलिले विपद्को बेला स्थानीय जनप्रतिनिधिहरूको समन्वय बिना खानेपानी तथा सरसफाई डिभिजन कार्यालय वीरगंजबाट बोरिङ जडान भइरहेको भन्दै यसलाई तत्काल रोक्न माग गरेको हाे ।
साथै, डिभिजन कार्यालय प्रमुखले हालसम्म भएका बोरिङ जडानका तथ्यांक र अनुमानित लागत विवरण (इस्टिमेट) उपलब्ध नगराएकाे प्रमुख जिल्ला अधिकारीसंग गुनासाे गर्दै दुई दिनभित्र उपलब्ध नगराए लिखित रूपमा सूचना माग्ने र तैपनि उपलब्ध नगराए कार्यालयमा तालाबन्दी गर्ने टाेलीले चेतावनी पनि दिएको छ ।
उपाध्यक्ष यादवले भने, “संघ सरकारबाट भइरहेको बोरिङ जडान हचुवाको तालमा भइरहेको छ । जहाँ आवश्यकता छ, त्यहाँ भएको छैन, बरु मन्त्रीका कार्यकर्ताको घर अगाडि मात्र भइरहेको छ । स्थानीय जनप्रतिनिधिसँग कुनै समन्वय भएको छैन, जसका कारण समस्या अझै बढेको छ ।”
यसैगरी वीरगंज महानगर कमिटिका उपाध्यक्षा एवम् वडा नं. २० का वडा अध्यक्ष रामकिशाेर सिंह परागले महानगरमा खानेपानी हाहाकारले काकाकुल बनेकाे फाइदा उठाउँदै खानेपानी मन्त्री प्रदीप यादवका कार्यकर्ताहरूलाई दशैँ आएको छ । उनले सुख्खाग्रस्त सरकारले घाेषणा गरेसँगै आवश्यक्ता भन्दा भाेटबैंक बटुल्नमा संघियमन्त्री लागेकाे आराेप लगाए ।
नेकपा एमाले महानगरका वडा अध्यक्षहरूले संकटकाे बेला कमाइखाने भाडाे बनाउने उपर छनविन गरी कार्वाही गर्न माग गरेकाे छ ।
प्रमुख जिल्ला अधिकारी अर्याल कहाँ ध्यानाकर्षण गराउन गएकाे टोलीमा एमालेबाट निर्वाचित वीरगंज महानगरका वडाध्यक्षहरू प्रदीप चौरसिया, सुरेश साह कानु, विजय प्रसाद कुर्मी, संजु छतकुली, रामकिशोर सिंह पराग, हिरा गिरी, जितेन्द्र यादव, अवधकिशाेर कुश्वाहा लगायतको सहभागिता रहेकाे थियो ।
सम्बन्धित समाचार
भिडियाे सामाग्री