रौतहटको गौर नगरपालिका–९ अन्तर्गत गौर–सिरसिया सडकखण्डको मुडवालाबा मोड नजिक आइतबार एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव सुटकेशभित्र रस्सीले बाँधिएको अवस्थामा फेला परेको हो। सुटकेश खोल्दा भित्र महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुमानअनुसार उनको हत्या गरी सुटकेशमा हालेर फालिएको हुनसक्ने आशंका गरिएको छ ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी थप अनुसन्धान सुरु गरिएको छ । मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले जानकारी दिए ।