सशस्त्र प्रहरीले आइतबार वीरगन्जबाट नेपाल-भारत मैत्री बसमा लागुऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, महाराष्ट्र, मुम्बई बस्ने ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकवाल सय्यद रहेका छ न् ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगन्जबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ बाट नेपालबाट भारततर्फ जाँदै गरेको बा ५ ख १२३७ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा उनीहरुको झोलाबाट ६ किलो ४ सय ग्राम गाँजा बरामद गरेको हो ।
दुवैलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।