बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई वडा कार्यालयमै बन्धक बनाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
पर्सा बहुदरमाई घर भई प्रसौनी–६ बेलहीयामा बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहासहित आठ जनाले मदिरा सेवन गरी नग्न बनाएर कुटपिट गरेको भिडियो बाहिरिएको छ ।
घटनापछि तीव्र आलोचना बढेपछि नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष कुशवाहालाई पार्टीले छ महिनाका लागि निलम्बन गरेको जनाएको छ ।
यो घटनाले स्थानीय तहका जनप्रतिनिधिको आचरण र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको छ ।