“सबका साथ, सबका विकास” भन्ने नाराका साथ शनिबार पोखरिया नगरपालिका–७ रानीगंजमा नेजामुद्दीन शमानीको सहयोगमा गार्डेन चेयरहरू हस्तान्तरण गरिएको छ ।
हराभरा, सफा–सुग्घर र व्यवस्थित बनाउनका साथै सामुदायिक पार्क निर्माणमा सहयोग पुर्याउने उदेश्यले वडाध्यक्ष परमानन्द प्रसाद कुर्मीलाई गार्डेन चेयरहरू हस्तान्तरण गरिएको नेता नेजामुद्दीन शमानीले बताए । कार्यक्रममा बिनध्याचल ठाकुर, नन्दन लाल कुर्मी, जहिर मियाँ, राजनारायण कुर्मी, योगेन्द्र प्रसाद कुर्मी लगायत स्थानीय युवाहरूको उपस्थिति रहेको थियो ।
आगामी दिनमा पोखरिया नगरपालिकाका विभिन्न टोलमा पनि यस्ता अभियानलाई निरन्तरता दिने नेता नेजामुद्दीन शमानीले प्रतिबद्धता जनाएका छन् ।
भिडियाे सामाग्री