बारा प्रहरीले ५ केजी प्रतिबन्धित लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका – ११ खेस्रोल बस्ने अन्दाजी २० वर्षीय मुना यादव रहेका छन् । उनी मदन यादवका छोरा भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) विजयराज पण्डितले जानकारी दिए।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ पूर्वटोलस्थित क्षेत्रमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक ( असई ) राजहरण यादवको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बिआर ०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ट्याङ्क मुनि फल्स बटम बनाई लुकाइ ल्याइएको अवस्थामा ५ केजी गाँजा फेला परेको डिएसपी पण्डितले बताए ।
उनका अनुसार गाँजा र मोटरसाइकलसहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।