पर्साको बहुदरमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५२ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट, कार्यक्रम तथा नीतिगत निर्णयहरू सार्वजनिक गरेको छ ।
आईतबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्वीकृत नीति, बजेट तथा निर्णय पुस्तिका सार्वजनिक गरिएको हो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि लगायतका क्षेत्रमा बजेट प्राथमिकता दिएको जनाएको छ ।
हालका दिनमा परम्परागत रुपमा प्रयोग हुँदै आएका चापाकल सुक्न थालेपछि स्थानीय जनजीवन प्रभावित भएको पृष्ठभूमिमा नगर प्रमुख सिंगासन साहको पहलमा भौराटार, बिश्रामपुर, छपकैया, पदमौल, गम्हरिया, नगरदाहा, पिपरा लगायत स्थानहरूमा डिप बोरिङ जडान गरिएको छ ।
गाउँ–गाउँमा बोरिङमार्फत खानेपानी सुविधा पुर्याइए पनि अन्य थुप्रै योजनाहरू समेट्न छुटेको उल्लेख गर्दै मेयर साहले आगामी आर्थिक वर्षमा त्यस्ता योजनाहरू समेटिने प्रतिबद्धता जनाएका थिए ।