नागरिककाे समान्य आक्रोशमा थुनाइदिने सत्ता र शक्तिको आडमा रमाइरहेका पर्साका नेताहरू १९/१९ जना विद्यार्थीको नरशंहारमा मौन भएका छन् ।
हिजाे भएको विद्यार्थीहरूमाथिको गोलीकाण्डपछि नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेताहरू मौन बसेको भन्दै तीव्र आलोचना भइरहेको छ ।
सामान्य विवादमै सडक तताउने यी दलका नेताहरू १९/१९ जना विद्यार्थीको ज्यान जानेजस्तो नरसंहारमा समेत चुपचाप बसिरहेको स्थानीयले बताएका छन् । घटनापछि निरन्तर राजनीतिक टिप्पणी गर्ने नेताहरूले समेत प्रत्यक्ष प्रतिक्रिया नदिएको भन्दै प्रश्न उठाइएको छ ।
पर्सा–१ बाट निर्वाचित खानेपानी मन्त्री प्रदीप यादवले हैजाको बेला आक्रोशित नागरिकलाई पक्राउ गराएको घटनापछि नै आलोचना खेपेका थिए, उनलाइ मलजल गरेका मेयर राजेशमान सिंह समेत माैन छन् । हिजाे काठमाडाैँमा भएकाे नरशंहारमा समेत मन्त्री परिषद्मा बसेर कुनै प्रतिवाद नगरेको भन्दै जनस्तरमा असन्तोष देखिएको छ ।
उनका केही कार्यकर्ताले मात्र सरकारको निर्णयविरुद्ध आवाज उठाए पनि स्वयं मन्त्री मौन देखिएका छन् ।
त्यसैगरी, तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता नजिक रहेका केही कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत सरकारको बचाउ गर्ने समाचार शेयर गरेको भन्दै थप आक्रोश बढेको छ । एमाले जिल्ला सभापति समेत चुपचाप छन् । पटकपटक अपडेट दिइरहने एमालेका जिल्ला सचिव महेश दास एमालेकाे विधानकाे अपडेटपछि चुपचाप छन् । कानुनमन्त्री अजय चौरसियामाथि विगतमा निहत्था नागरिकलाई इट्टाभट्टामा जिउँदै जलाएर मार्नेलाई उम्काउन मलजल गरेको आरोप लाग्दै आएपनी उनले समेत हिजाेकाे नरशंहारमा एक शब्द बाेलेका छैनन् । जिल्ला सभापति, उपसभापति, सचिव समेत चुपचाप छन् ।
राजनीतिक दलका स्थानीय नेताहरूले सामान्य गल्तीमा समेत जनताका छाेराछाेरीलाइ कानुनी कारबाहीको माग गर्ने तर निहत्था विद्यार्थीमाथि गोली चल्दा मौन बस्ने प्रवृत्तिको विरोध बढ्दो छ ।
स्थानीयबासीले भनेका छन्, “गल्ती भए स्विकारेर माफी माग्ने बेला हो, तर नेताहरू एकअर्कालाई जोगाउन मै लागेका छन् ।” यसले उनिहरू नागरिक हत्याकाे रगतमा लतपतीएका छन् । नाेट : भुलवस समाचारमा सम्बन्धित व्यक्तीकाे फाेटाे छुटेकाले राखिएकाे छ । - डेस्क