काठमाडौं | उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि आक्रमण भएको भनी फैलाइएका भिडियो र हल्ला भ्रामक रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, “२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।”
यसअघि सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू र खबरहरू भाइरल भएका थिए जसले अर्थमन्त्रीमाथि आक्रमण भएको भ्रम फैलाएको थियो ।