काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।
जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका लागि नियन्त्रणमा लिएको थियो। प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली अब बाहिर आएका हुन् ।
सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका लागि भाडाको घर व्यवस्था गरिएको छ। बालकोटस्थित उनका निवासलाई प्रदर्शनकारीले आगजनी गरेको थियो ।
बालकोटको घर जलेकाले ओली गुण्डु सरेको बताइएको छ । ओलीलाई यहाँ ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गरेका हुन्। बस्नेतले आगामी समयमा ओलीलाई भव्य कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएका छन् ।